नेपाल मेडीसिटी अस्पतालले बायोमेड इन्टरनेशनलसंगको सहकार्यमा अस्पतालजन्य फोहोर व्यवस्थापन विषयक अन्तक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख वक्ता जेफ स्क्वाली, इकोड्यासका अध्यक्षले अस्पतालजन्य फोहोर व्यवस्थापन चुनौतीपूर्ण देखिएतापनि सहिढंगले काम गर्न जाने सुरक्षीत रहेको बताउनुभयो । जेफ स्क्वालीले नविन ढंगले अघि बढ्न जरुरी रहेको र यसमा सरकारी तथा सम्बन्धित निकायसंग विशेष छलफल आवश्यक रहेको धारणा राख्नुभयो ।
नेपाल मेडिसिटीका अध्यक्ष डा.उपेन्द्र महतो अस्पतालजन्य फोहोर व्यवस्थापन बारे धारणा राख्दै
कार्यक्रममा स्वास्थ्य राज्य मन्त्री डा. सुरेन्द्र यादव, स्वास्थ्य विभागकि श्रीजना श्रेष्ठ, स्वास्थ्य मन्त्रालयका डा.दिपेन्द्र रमण श्रेष्ठ लगायतका वक्ताहरु रहनुभएको अन्तक्र्रियात्मक कार्यक्रममा नयाँ प्रविधिको प्रयोगले संक्रमणरहित तरिकाले अस्पतालजन्य फोहोर व्यवस्थापन गर्ने विषयमा छलफल भयो ।
कार्यक्रममा यस क्षेत्रमा कार्यरत विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुको उपस्थिती रहेको थियो । यस क्षेत्रका विशेषज्ञहरुमाझ पछिल्ला समसामयीक समस्या तथा ती चुनौतीहरुका निदान खोज्ने विषयमा छलफल गरियो ।
नेपाल मेडिसिटीमा कार्यरत डा. गोपी अर्याल
प्रतिकृया दिनुहॊस