माछापुच्छ्रे बैंकको नयाँ शाखाको शुभारम्भ

काठमाडौँ । माछापुच्छ्रे बैंकले ठाकुरद्वारा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले बर्दियाको ठाकुरबाबा नगरपालिका स्थित ठाकुरद्वारा शाखा कार्यालयको औपचारिक सुरुवात गरेको छ ।

उक्त शाखाको उद्घाटन बैंकका अध्यक्ष तथा पूर्व सभासद डा.बिरेन्द« प्रसाद महतोले गरे । नयाँ शाखा मार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ ।

बैंकले उक्त शाखामा २४ सै घण्टा चल्ने एटीएमको पनि व्यवस्था गरीएको जनाएको छ । उक्त एटीएमको उद्घाटन ठाकुरबाबा नगरपालिकाका उपमेयर कृष्ण कुश्मा थारुले गरे ।

बैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना ९४ वटा शाखाहरु र ६३ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १५७ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बैंकको देशभर ११६ वटा एटीएमहरु संचालनमा रहेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

नेपाल बैंक र दराजबीच भुक्तानी सेवा सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेड र अनलाइन ई–कमर्स प्लेटफर्म दराज केयमुबिच बैंकमा निक्षेप खाता रहेका …

प्रतिकृया दिनुहॊस