माछापुच्छ्रेको रियल टाइममा खाता खोल्न मिल्ने ५ शाखा रहित बैंकिङ्ग सेवा

काठमाडौं । माछापुच्छ्रे बैंकको रियल टाइममा खाता खोल्न मिल्ने गरि नयाँ ५ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले चितवन, तनहुँ, लमजुङ, बागलुङर काठमाडौंमा ५ शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको  हो ।

बैंकले चितवनको इच्छाकामना गाउँपालिका स्थितफिस्लिङमा, तनहुँको म्याग्दी गाउँपालिका स्थित तार्पुमा, लमजुङको मध्यनेपाल नगरपालिका स्थित दुइपिप्लेमा, बागलुङको काठेखोला गाउँपालिकास्थित रेशामा र काठमाडौंको कीर्तिपुर नगरपालिका स्थित भत्केपाटी, पिपलबोटमा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।

ग्राहक सेवा केन्द«को रुपमा संचालित शाखा रहित सेवा केन्द्रहरुबाट खाताखोल्ने, रकमजम्मागर्ने र झिक्ने, रेमिटेन्स भूक्तानी, साथै कर्जा आवेदनगर्ने समेत व्यवस्था गरेको छ ।

बैंकले नेपालमै पहिलो पटक तुरुन्त खाताखोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड उपलब्ध गराएको छ । बैंकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराईसम्म आफ्ना ९३ वटा शाखाहरु लगायत ६१ शाखा रहित बैकिङ्ग सेवा गरी जम्मा १५४ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ्ग सुविधा प्रदान गरीरहेको छ । साथै, बैंकको देशभर ११४ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

माछापुच्छ्रे् बैंकले मनायो २४औँ वार्षिकोत्सव

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो २४औँ वार्षिकोत्सव विविध सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सहित मनाएको छ …

प्रतिकृया दिनुहॊस