प्रदेश २ मा आजदेखि निर्वाचन आचारसंहिता लागू

काठमाडौं । प्रदेश २ मा हुने स्थानीय तहको निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ ।

आयोगका अनुसार सरकार र मन्त्रीहरु, राजनीतिक दल, सम्वन्धित स्थानीय तह, सार्वजनिक संस्था, सुरक्षा निकाय, निर्वाचनमा संलग्न कर्मचारीलाई आचारसंहिता लागू हुनेछ । यस्तै सञ्चारमाध्यम, निजी तथा गैरसरकारी संस्था, सार्वजनिक पद धारण गरेका व्यक्तिलाई पनि आचारसंहिता लागू हुनेछ ।   उम्मेदवारको हकमा २१ गतेबाट आचारसंहिता लागू हुनेछ ।

 

आचारसंहिता लागू भएपछि कर्मचारीको सरुवा, बढुवा, नियुक्ति, अनुदान, सर्वेक्षण लगायत गतिविधि गर्न रोक लागेको छ । यस्तै विकास निर्माणका लागि भन्दै आकर्षक नयाँ कार्यक्रम थप गर्न, नयाँ बजेट बाँडफाँड र रकमान्तरमा समेत पाइने छैन ।

निर्वाचन आचारसंहिता उल्लंघन गरेमा निर्वाचन आयोगले मन्त्रीलाई कालोसूचीमा राख्नेदेखि एक लाख रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ । लगातार आचारसंहिता उल्लंघन गर्ने मन्त्रीलाई आगामी ५ वर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन नपाउने गरी कालोसूचीमा राख्न सक्ने व्यवस्था पनि गरिएको छ ।

अनलाइनखबरबाट

बारेमा news

यॊ पनि हेर्नुहॊस

काठमाडौँवासीलाई घटस्थापना अघि मेलम्चीको पानी

काठमाडौँ । काठमाडौँवासीले दसैँको घटस्थापना अघि नै मेलम्चीको पानी पाउने भएका छन् । काठमाडौँमा मेलम्चीको पानी पथान्तरणका लागि अहिले सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ ।

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds