काठमाडौं । काठमाडौंको गोंगबुमा ग्यास सिलिन्डर विस्फोट भएको छ । विस्फोटमा परि पाँच जना गम्भीर घाइते भएका छन्। घाइते हुनेहरूमा काजी तामाङ, राजु बिसी, कैलाश श्रेष्ठ, अनिल पोखरेल र रेशम तामाङ रहेका छन्। घाइतेहरुको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज र धापासीस्थित ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ। ग्यास सिलिन्डर दीपज्योतिस्थित पिस नेपाल सिसा फ्याक्ट्रीमा विस्फोट भएको हो।
तपाईंको प्रतिकृया




