आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) ४० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ०८ रुपैयाँ, आलु रातो (लाम्चो) प्रतिकिलो ३५ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो २८ रुपैयाँ र प्याज सुकेको (भारतीय) प्रतिकिलो ५२ रुपैयाँ रहेको छ ।

यसैगरी, गाँजर (लोकल) प्रतिकिलो ९० रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो ५० रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ८० रुपैयाँ, मूला रातो प्रतिकिलो २५ रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो १० रुपैयाँ र भन्टा डल्लो प्रतिकिलो २० रुपैयाँ कायम गरिएको छ ।

मटरकोशा प्रतिकिलो १२० रुपैयाँ, घिउ सिमी (लोकल) प्रतिकिलो ५० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ५० रुपैयाँ, घिउ सिमी (राजमा) ७० रुपैयाँ, तीते करेला प्रतिकिलो २०, लौका प्रतिकिलो ३० रुपैयाँ, परवर प्रतिकिलो (लोकल) ३० रुपैयाँ, घिरौला प्रतिकिलो ३० रुपैयाँ निर्धारण गरिएको छ । यस्तै फर्सी पाकेको प्रतिकिलो ५० रुपैयाँ, फर्सी हरियो (लाम्चो) प्रतिकिलो ४० रुपैयाँ, हरियो फर्सी (डल्लो) प्रतिकिलो २० रुपैयाँ, भिण्डी प्रतिकिलो २० रुपैयाँ, सखरखण्ड प्रतिकिलो १०० रुपैयाँ, पिंडालु प्रतिकिलो ९० रुपैयाँ, स्कुस प्रतिकिलो ५० रुपैयाँ कायम गरिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप