सम्पन्न भयाे चौथो नेशनल गोल्डेन एथलेटिक्स मिट : विजयी खेलाडीहरूलाई पुरस्कार वितरण

काठमाडौं । दशरथ रङ्गशालामा एथलेटिक्स परिवार, नेपालको आयोजनामा सम्पन्न चौथो नेशनल गोल्डेन एथलेटिक्स मिट–२०२६’ का विजयी खेलाडीहरूलाई नगद पुरस्कार वितरण गरिएको छ ।

असार ११ र १२ गते दुई दिनसम्म सञ्चालित उक्त प्रतियोगिताका विभिन्न इभेन्टहरूमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पुरस्कार प्रदान गरिएको हो । पुरस्कार वितरणको विवरणअनुसार, ’१००० मि. भेट्रान्स’ इभेन्टमा रामचन्द्र श्रेष्ठ प्रथम, केट ट्यारेन्ट द्वितीय र भिम बहादुर गुरुङ तृतीय भएका छन् ।

त्यसैगरी, ’२००० मि. भेट्रान्स’ इभेन्टमा धर्म महर्जन प्रथम, रैवत बहादुर दाहाल द्वितीय र गोपाल थापा तृतीय स्थान हासिल गर्न सफल भएका छन्। प्रतियोगितामा सहभागी खेलाडीहरूले एथलेटिक्स परिवार, नेपालबाट तोकिएबमोजिमको नगद पुरस्कार प्राप्त गरेका हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री