११ असार २०८३, बिहीबार

विद्यार्थीहरूले गरे कक्षा १२को नतिजाप्रति असन्तुष्टि जनाउँदै विरोध प्रदर्शन (फाेटाे फिचर)

काठमाडौँ । विद्यार्थीहरूले राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विरोध प्रदर्शन गरेका छन् ।  उनीहरूले आफूले गरेको मिहिनेत अनुसारको अङ्क नआएको भन्दै बिहीबार माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनरत विद्यार्थिहरुले नतिजा अस्वाभाविक र त्रुटिपूर्ण रहेको बताएका छन् । रिटोटलिङ र रिचेकिङको शुल्कसमेत अत्यन्त महँगो र अव्यवहारिक भएको उनीहरुको भनाई छ । सहभागी विद्यार्थीहरुले नतिजाप्रति असन्तुष्टि जनाउँदै गर्दा यसको जवाफ सरकारले नदिएको भन्दै जवाफ माग गरेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप