स्काईआइटीले सुरु गर्यो एमएसपी सेवा : नेपालमा डिजिटल रूपान्तरणलाई सहयोग गर्ने लक्ष्य

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी स्काई ब्रोडब्यान्ड प्रालिले स्काईआइटी मार्फत म्यानेज्ड सर्भिस प्रोभाइडर (एमएसपी) सेवा सुरु गरेको छ। कम्पनीले परम्परागत इन्टरनेट सेवा प्रदायकको भूमिकाबाट अघि बढ्दै नेपालका व्यवसायहरूका लागि पूर्ण प्रविधि साझेदारको रूपमा आफ्नो सेवाको दायरा विस्तार गरेको हो ।

डिजिटल प्लेटफर्म, क्लाउड सेवा, साइबर सुरक्षा तथा व्यवसाय निरन्तरतामा बढ्दो निर्भरता बढिरहेका बेला व्यवसायी संस्थाहरूलाई भरपर्दो आइटी व्यवस्थापन आजको आवश्यकता हो। यही आवश्यकतालाई ध्यानमा राख्दै स्काईआइटीले एमएसपी सेवा सुरु गरेको जनाएको छ । कम्पनीका अनुसार एमएसपी सेवामार्फत केन्द्रीकृत आइटी सपोर्ट, प्रो–एक्टिभ मनिटरिङ, इन्फ्रास्ट्रक्चर व्यवस्थापन, साइबर सुरक्षा सेवा तथा आवश्यक प्रविधि सहयोग एकै ठाउँबाट उपलब्ध हुनेछ ।

स्काईआइटीका प्रमुख कार्यकारी अधिकृत सुमनलाल प्रधानले व्यवसायहरू अहिले केवल इन्टरनेट सेवा मात्र नभई भरपर्दो आइटी व्यवस्थापन तथा सञ्चालन, द्रुत प्राविधिक सहयोग, राम्रो साइबर सुरक्षा र निश्चित प्रविधि खर्च खोजिरहेका बताए । उनले भने, “हाम्रो उद्देश्य केवल कनेक्टिभिटी उपलब्ध गराउनु मात्र होइन, संस्थाहरूका लागि विश्वासिलो प्रविधि साझेदार बन्नु हो । एमएसपी मोडलमार्फत हामी निरन्तर सपोर्ट र सेवाको मापनयोग्य मापदण्डसहित व्यावसायिक आइटी व्यवस्थापन सेवा प्रदान गर्नेछौँ।”

स्काईआइटीको यस सेवाअन्तर्गत नेटवर्क इन्फ्रास्ट्रक्चर व्यवस्थापन, प्रयोगकर्ता तथा डिभाइस सपोर्ट, सर्भर र सिस्टम मनिटरिङ, वाई-फाई तथा ल्यान व्यवस्थापन, साइबर सुरक्षा समन्वय, ब्याकअप तथा रिकभरी सपोर्ट, आइटी हेल्पडेस्क सेवा, एसेट मनिटरिङ तथा भेन्डर समन्वयजस्ता सेवा समावेश छन्। कम्पनीले विभिन्न संस्थाको आवश्यकता र व्यवसायको आकारअनुसार सेवा छनोट गर्न मिल्ने गरी विभिन्न तहका सेवा प्याकेज तयार गरेको जनाएको छ। साथै, नियमित रिपोर्टिङ, प्रभावकारी मर्मत तथा रणनीतिक सुझावमार्फत डाउनटाइम कम गर्न सहयोग गर्ने योजना रहेको कम्पनीले बताएको छ।

स्काई ब्रोडब्यान्ड र स्काईआइटीले “आवर मोटो: नट टु ट्रेड बट टु इन्ट्रिगेट” भन्ने मूल अवधारणाअनुसार दीर्घकालीन प्रविधि साझेदारी निर्माण गर्दै नेपालमा डिजिटल रूपान्तरणलाई सहयोग गर्ने लक्ष्य राखेको बताएका छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री