पठाओ नेपालको प्रबन्ध निर्देशकमा यशु थकाली

काठमाडाैं । पठाओ नेपालको प्रबन्ध निर्देशक (एमडी) मा यशु थकाली नियुक्त भएका छन् । असीममान सिंह बस्न्यातले पदबाट राजीनामा दिएपछि कम्पनीले थकालीलाई साे जिम्मेवारी दिएको हो। थकाली पछिल्लो ८ वर्षदेखि पठाओ नेपालसँग आबद्ध छन्।

सन् २०१८ मा कम्पनी स्थापना हुँदा उनी टिमका सदस्य थिए। उनी पठाओ ग्रुपका वरिष्ठ उपाध्यक्ष पनि हुन्। पठाओ नेपालले थकालीको नेतृत्वमा आगामी पाँच वर्षभित्र नेपालको डिजिटल इकोनोमीलाई १० गुणा बढाउने लक्ष्य लिएको छ। यसका लागि पठाओले पार्सलमार्फत देशभर पूर्वाधार विस्तार गर्दै पार्सल डेलिभरी, फुड डेलिभरी, इ-कमर्स, मोबिलिटी तथा अन्य डिजिटल सेवाहरूलाई एउटै डिजिटल इकोसिस्टममा जोड्ने तयारी गरिरहेको जनाएको छ।

सुरूमा कम्पनीको फाइनान्स विभागमा काम गरेका थकालीले पछि कम्पनी व्यवस्थापन र सञ्चालनको पनि जिम्मेवारी निर्वाह गरेका थिए। नेपालमा राइड सेवासहित सुरू भएको पठाओ नेपाललाई पछिल्लो समय फुड डेलिभरी,पार्सल डेलिभरी जस्ता अन्य प्रतिस्पर्धात्मक क्षेत्रमा सफल बनाउन थकालीको भूमिका महत्वपूर्ण छ। प्रतिस्पर्धात्मक बजारमा पठाओ नेपालले राम्राे ब्यापार गरेकाे छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री