महिला उद्यमशीलताको प्रवर्द्धनमा उल्लेखनीय भूमिका खेलेकी उर्मिला श्रेष्ठलाई ‘सर्वोत्कृष्ट व्यवस्थापक एवं राष्ट्रसेवक सम्मान’

काठमाडौं ।  काठमाडौंको होटल मक्र्युरीमा सम्पन्न समारोहमा “ग्लोबल स्टार सर्वोत्कृष्ट व्यवस्थापक तथा राष्ट्रसेवक सम्मान”  नेपालको उद्योग, व्यापार, व्यवस्थापन तथा महिला उद्यमशीलताको क्षेत्रमा लामो समयदेखि सक्रिय उर्मिला श्रेष्ठलाई प्रदान गरिएको छ ।

श्रेष्ठ लामो समयदेखि नेपालको उद्योग, व्यापार र व्यवस्थापन सक्रिय  छन् ।  हाल उनी नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष, महिला चेम्बरकी अध्यक्ष तथा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड की प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेकी छन् । सम्मान कार्यक्रमका आयोजकले व्यावसायिक दक्षता, संस्थागत नेतृत्व, सामाजिक उत्तरदायित्व तथा राष्ट्र निर्माणमा निरन्तर याेगदान पुर्‍याएकाेमा श्रेष्ठलाई सम्मान गरिएको जानकारी दिएका छन् ।

महिला उद्यमशीलताको प्रवर्द्धन उनले खेलेकाे भूमिका निकै प्रेरणादायी रहेकाे छ ।  निजी क्षेत्रको सुदृढीकरण, , संस्थागत सुशासन तथा आर्थिक विकासका क्षेत्रमा पनि उनकाे कार्य महत्वपूर्ण रहेकाे छ ।  उर्मिला श्रेष्ठ व्यापारिक तथा प्राज्ञिक पृष्ठभूमि बोकेको नेवार परिवारमा जन्मिएकी हुन् । उनकाे  दूरदर्शी सोच सहित उल्लेखनिय नेतृत्व क्षमताका कारण नेपालको उद्योग, व्यापार र व्यवस्थापन क्षेत्रमा सफल महिला नेतृका रूपमा स्थापित छन् । नेपाल चेम्बर अफ कमर्स मा पहिलो महिला उपाध्यक्ष पनि श्रेष्ठ हुन्  । महिलाहरूका लागि नेपालको उद्योग, व्यापार र व्यवस्थापन क्षेत्रमा  याे उपलब्धी  प्रेरणादायी रहेकाे छ ।

 यसअघि पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट श्रेष्ठ सम्मानित भइसकेकी छन् । जसमध्य  युनिभर्सल वर्ल्ड बुक अफ रेकर्डद्वारा गरिएकाे सम्मान पनि एक हाे  ।
तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री