मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा तारा मानन्धर द्वारा पदभार ग्रहण

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडको सञ्चालक समितिको निर्णय अनुसार बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त भएका  तारा मानन्धरले जेठ ०१ गते देखि पदभार ग्रहण गरेकाे बैंकले जनाएको छ ।

बैंकिङ्ग तथा व्यवस्थापन क्षेत्रमा अब्बल मानन्धरले विभिन्न वाणिज्य बैंकहरुको उच्च कार्यकारी भुमिका रही कार्य गरेको अनुभव र पछिल्लो समय डिस मेडिया नेटवर्क लि.मा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गरिरहेका थिए । उनको नेतृत्वले संस्थागत तथा रणनीतिक विकास, सुशासन तथा दिगो बैंकिङ अभ्यासलाई थप प्रभावकारी बनाउने विश्वास बैंकले लिएको छ ।

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत मनन्धरले बैंकको दिर्घकालिन लक्ष्य, उच्चस्तरिय ग्राहक सेवा, कर्मचारीहरुको उच्च मनोबल तथा सरोकारवालाहरुले राखेको विश्वासलाई अझ सुदृढ बनाउँदै बैंकलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री