बुटवल । नेपालको आतिथ्य क्षेत्रमा एउटा महत्वपूर्ण कोसेढुङ्गा पार गर्दै, हायात प्लेस बुटवलले तीनवटा प्रतिष्ठित अवार्डहरु: ‘नेपालको उत्कृष्ट डेस्टिनेशन वेडिङ भेन्यु २०२६’, ‘ नेपालको उत्कृष्ट होटेल अवार्ड २०२६’, र ‘नेपालको उत्कृष्ट जनरल म्यानेजर अवार्ड २०२६’ बाट आधिकारिक रुपमा सम्मानित भएको छ। यी सम्मानहरू प्रतिष्ठित “होटेल क्रिटिक्स एण्ड ब्लगर्स एसोसिएसन” र “वल्र्डवाइड बेस्ट होटेल डट कम” द्वारा प्रदान गरिएको हो।
सञ्चालनमा आएको जम्मा ६ महिनाभित्रै यस्तो असाधारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान हासिल गर्नु आफैंमा एक दुर्लभ उपलब्धि हो। यी अवार्डहरूले यस होटेलका विश्वस्तरीय सुविधाहरू, आकर्षक कार्यक्रम स्थलहरू, उत्कृष्ट अतिथि
सेवा र कुशल नेतृत्वको प्रशंसा गर्दै यसलाई एक प्रमुख गन्तव्यको रूपमा स्थापित गरेको कुरालाई प्रमाणित गर्दछ। आफ्नो सुरुवातदेखि नै हायात प्लेस बुटवलले अन्तर्राष्ट्रिय स्तरको मापदण्ड र न्यानो स्थानीय आतिथ्यताको उत्कृष्ट संयोजन गर्दै यस क्षेत्रको हस्पिटालिटी क्षेत्रलाई नयाँ परिभाषा दिएको छ। विशेष गरी ‘नेपालकै उत्कृष्ट डेस्टिनेशन वेडिङ भेन्यु २०२६’ अवार्डले होटेलको उत्कृष्ट ब्यांक्वेट सुविधाहरू र सपनाको विवाहलाई साकार पार्न होटेलको टोलीले पुर्याएको सुक्ष्म ध्यानलाई सम्मान गरेको छ।
यसैगरी, ‘नेपालकै उत्कृष्ट जनरल म्यानेजर अवार्ड २०२६’ ले होटेलको यो अभूतपूर्व सफलताको पछाडि रहेको उत्कृष्ट दृष्टिकोण र कुशल नेतृत्वलाई मान्यता दिएको छ। यस ऐतिहासिक उपलब्धिप्रति खुसी व्यक्त गर्दै, हायात प्लेस बुटवलका महाप्रबन्धक एवं उत्कृष्ट जीएम (GM) को सम्मान प्राप्तकर्ता तुषार नागरले आफ्नो कृतज्ञता र उत्साह यसरी साटासाट गरे । उनले भने, ‘सञ्चालनमा आएको छोटो ६ महिनामै २०२६ का लागि यी तीन प्रतिष्ठित अवार्डहरू प्राप्त गर्दा हामी निकै सम्मानित र कृतज्ञ महसुस गरिरहेका छौं। यो हाम्रो सम्पूर्ण टोलीले हरेक दिन देखाउने जोश, समर्पण र वास्तविक आतिथ्यताको उच्च सम्मान हो। सुरुवाती दिनदेखि नै बुटवलको हस्पिटालिटी अनुभवलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने हाम्रो एउटा स्पष्ट भिजन थियो। नेपालकै उत्कृष्ट होटेल, उत्कृष्ट डेस्टिनेशन वेडिङ भेन्युको रूपमा सम्मानित हुनु र महाप्रबन्धकको अवार्ड प्राप्त गर्नुले हामीलाई अझै उत्कृष्ट सेवा प्रदान गर्न र हाम्रा अतिथिहरूका लागि अविस्मरणीय क्षणहरू सिर्जना गरिरहन थप ऊर्जा दिएको छ। यस रोमाञ्चक यात्राको एक अभिन्न हिस्सा बनिदिनुभएकोमा हामी हाम्रा सम्पूर्ण अतिथि तथा साझेदारहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौं।’




