काठमाडाैं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले कर्णाली प्रदेश अन्तर्गथ कालिकोट जिल्लामा क्षति पुगेको घरपरिवार र आगलागी पिडितका लागि कम्मल वितरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले २०८२ साल असोज १८ देखि २४ गते सम्म परेको अविरल वर्षाको कारण कर्णाली प्रदेश ,कालिकोट जिल्लाको शुभ कालिका गा. पा. वडा न. ७ र ८, महावै गा. पा. वडा न. ५ र ६, खाडाचत्र न. पा. वडा न. १ र ५, तिलागुफा न. पा. वडा न. १० र ७ मा क्षति पुगेका घरपरिवार र तिलागुफा न.पा वडा नंं ५ र ६ , खाँडाचक्र न.पा. वडा नंं १० का आगलागी पिडित समेत जम्मा ४३ घर परिवारका लागि राहत स्वरूप कम्मल वितरण गरेको छ ।
राहत वितरण कार्यक्रम कम्पनीको सुर्खेत शाखाको शाखा प्रमुख श्री विश्वराज बोगटीको उपस्थितिमा सम्पन्न् भएको थियो । कार्यक्रममा सहभागी भएका पीडितहरूले आफूहरूप्रति गरिएको सहयोगप्रति खुशी र सन्तुष्टि व्यक्त गरेका छन् । साथै, दुर्गम जिल्लासम्म पुगेर मानवीय सेवामा समर्पित संस्थाले देखाएको प्रतिबद्धताप्रति उनीहरूले कृतज्ञता व्यक्त गरेका छन् । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले आगामी दिनहरूमा पनि विभिन्न गतिविधिहरू मार्फत सक्रिय भूमिका निभाउँदै समाजप्रतिको उत्तरदायित्वलाई आत्मसात गर्न, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता र विपद् व्यवस्थापन जस्ता क्षेत्रहरूमा योगदान पुर्याउने योजना रहेको बताएको छ । यस्ता प्रयास मार्फत संस्थाले नाफामुखी व्यापारसँगै सामाजिक हितलाई पनि अगाडि बढाउने विश्वास लिएको छ । भविष्यमा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू अझ प्रभावकारी र समुदायमैत्री बनाउने योजना कम्पनीले बनाएको छ ।




