युनियन लाईफले १८ प्रकारको घातक रोगको सुरक्षा दिन ल्यायो नयाँ योजना

काठमाडौं । युनियन लाईफ इन्योरेन्सलेले घातक रोग सम्बन्धी बीमा सुविधा योजना ल्याएको छ । कम्पनीले आफ्ना ग्राहकहरुका लागि १८ प्रकारका घातक रोगको उपचार आर्थिक सुरक्षा दिने उद्देश्यले यो योजना ल्याएको हो ।

बीमा योजनामा बालबच्चा जीवन बीमा बाहेक अन्य जीवन बीमा योजनाहरुमा उक्त घातक रोगहरु समावेश गरी थप सुविधा प्रचलनमा ल्याएको छ ।

यस्तो सुविधा १६ वर्षको उमेरदेखि नै लिन सकिने हुँदा न्युनतम बीमा शुल्कमा भविष्यमा हुन सक्ने घातक रोग विरुद्ध सुरक्षा प्रदान गर्दछ ।
यो सेवा कम्पनीको सम्पूर्ण शाखाहरुका साथै यस कम्पनीसँग बैंकास्युरेन्स सेवा लिएका बैंकहरुबाट समेत लिन सकिने छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

नयाँ सत्ता समीकरणको प्रभाव शेयर बजारमा : चार अर्ब ५७ करोड ६८ लाखको कारोबार

काठमाडौँ । तीव्र उतारचढावका बीच आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४७ दशमलव ०४ अङ्कले …

प्रतिकृया दिनुहॊस