एनएमबि बैंककाे १० प्रतिशत बोनस तथा २० प्रतिशत नगद लाभांश पारित

काठमाडौं । एनएमबि बैंक लिमिटेडकाे प्रस्तावित १० प्रतिशत बोनस र २० प्रतिशत नगद लाभांश पारित भएकाे छ । याे कर प्रयोजनका लागि समेत हाे । बैंक सञ्चालक समितिको साे प्रस्तावलाई बैंकको बिहीबार राजधानीमा सम्पन्न २३औँ वार्षिक साधारणसभाले पारित गरेकाे हाे ।

बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी ९ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ । हाल बैंकले ११० वटा शाखा, ४ एक्स्टेन्सन काउन्टर तथा ९७ वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आएको बैंककाे जारी विज्ञप्तिमा उल्लेख छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

हिमालयन पावर पार्टनरले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने

काठमाडौं । हिमालयन पावर पार्टनरले हकप्रद सेयर निष्काशन गर्ने भएको छ। कम्पनीले हाल कायम रहेको …

प्रतिकृया दिनुहॊस