काठमाडौं । आज (सोमबार) नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाली सुन–चाँदी व्यवसायी महासंघका अनुसार, आज सुन तोलामा २५ सय रुपैयाँले घटेर प्रतितोला दुई लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन आएतबार दुई लाख ८६ हजारमा कारोबार भएको थियो ।
यस्तै, चाँदी पनि २० रुपैयाँले घटेको छ । आइतबार प्रतितोला चार हजार ७२० रुपैयाँ रहेको चाँदी आज चार हजार ७०० रुपैयाँ निर्धारण गरिएको छ ।
तपाईंको प्रतिकृया




