एशियन लाईफको नयाँ बीमा योजना “दम्पती सुरक्षा प्लस(संयुक्त सावधिक)”

काठमाडौं ।   एशियन लाईफ इन्स्योरेन्स कम्पनीले “दम्पती सुरक्षा प्लस (संयुक्त सावधिक)” जीवन बीमा योजना प्रचलनमा ल्याएको छ ।यस योजनामा एउटै बीमालेखबाट श्रीमान/श्रीमती दुबैजनाको जोखिम बहन हुनेछ ।

यस बीमा योजनाका मुख्य विशेषताहरु

एउटै बीमालेखबाट श्रीमान/श्रीमति दुबैको; बीमाङ्कको साढे दुई गुणासम्म छुट्टाछुट्टै जोखिम बहन हुने ।

रु. ५०,००० देखि माथि जतिसुकै रकमको बीमा गर्न सकिने ।

दुर्घटना मृत्यु लाभ,स्थायी अपाङ्ग/अशक्त सुविधा एवं बीमा शुल्क छुटसुविधा भएको ।

मासिक,त्रैमासिक, अद्र्धवार्षिक तथा वार्षिक रुपमा बीमाशुल्क भुक्तानीको सुविधा ।

रकम भुक्तानी दिइने अवस्था

ठूलो बीमाङ्कको बीमाशुल्क रकममा छुट सुविधा ।

यस बीमा योजना अन्तर्गत देहायका अवस्थाहरुमा भुक्तानी दिइनेछ

बीमा अवधि समाप्त हुने मितिसम्म दुबै बीमित जीवित रहेमा पूरै बीमाङ्क रकम र आर्जित बोनस ।

बीमा अवधिभित्र अर्को बीमितको पनि मृत्यु भएमा बीमाङ्कको १०० देखि २५० प्रतिशत रकम ।

बीमा अवधि भित्र दुईमध्ये एक बीमितको मृत्यु भएमा बीमाङ्कको १०० देखि २५० प्रतिशत रकम र
आर्जित बोनस ।

बीमा अवधि समाप्त हुने मितिसम्म दुईमध्ये एक बीमित मात्र जीवित रहेमा पूरै बीमाङ्क रकम ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

बैंकर मनोज ज्ञवालीको नजरमा मौद्रिक नीति समीक्षाका मुख्य ८ व्यवस्था र तिनका असर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले …

प्रतिकृया दिनुहॊस

This will auto close after