अब स्पष्ट कित्ताकाट गर्ने बेला आयो : ओली

काठमाडौं । आफूले देशको स्वाभिमान र राष्ट्रियताको सवालमा कसैसँग कहिल्यै सम्झौता नगरेको  नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीले उल्लेख गरेका  छन् । आफूले देशको अखण्डता, स्वाभिमानको र राष्ट्रियतामा कसैसँग कहिल्यै सम्झौता नगरेको ओलीले आइतबार भिडिओ सन्देशमार्फत जनाएका हुन् ।

उनले “राष्ट्र जोगिनुपर्छ भन्ने पक्षमा कि राष्ट्रको भविष्य जे भए होस् भन्ने पक्षमा?” भन्दै प्रश्न  गरेका छन् । अब स्पष्ट कित्ताकाट गर्नेबेला आएको समेत उनले बताए ।  भिडिओ सन्देशमार्फत उनले भनेका छन्, ‘अब स्पष्ट कित्ताकाट गर्ने बेला आएको छ । तपाईं राष्ट्र जोगिनुपर्छ भन्ने पक्षमा कि राष्ट्रको भविष्य जे भए होस् भन्ने पक्षमा ? यतिबेला तपाईँले आफू कुन कित्तामा हो भनेर स्पष्ट पार्नुभएन र त्यसको लागि बोल्नुभएन भने इतिहासले होइन, तपाईं आफैँले आफैँलाई कहिल्यै माफ गर्नु हुने छैन ।’ उनले जनताले पनि देश पहिले भन्ने दिन आएको उल्लेख गरे । देश पहिले भनेको संविधान र नियम, भूमि र जनता पहिले र संविधान र नियम पहिले रहेको भिडिओ सन्देशमार्फत बताएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री