काठमाडौं । केडिया व्यावसायिक समूह अन्तर्गतको ब्राण्ड वृज एडिटिभ्सले नयाँ उत्पादनहरु बजारमा ल्याएको छ । शुक्रबार काठमाडौंमा रहेको हायात प्यालेसमा विशेष कार्यक्रमको आयोजना गरी वृज एडिटिभ्सले वाटरप्रुफिङ्, रिपेयर तथा एडमिक्सर सोलुसन्स बजारमा ल्याएको घोषणा गरेको हो ।
केडिया अर्गनाइजेसनका अध्यक्ष तारा चन्द केडियाले कार्यक्रममा उपस्थित सम्पूर्णमा स्वागत मन्तब्य व्यक्त गर्दै उत्पादित वस्तुले ग्रहाक तथा निर्माणकर्मी हरुको मन जित्ने विश्वास व्यक्त गरेका थिए । वाटर प्रुफिङका लागि ल्याएको वेदर प्रो प्लस २५०/ब्रिज सेफक्रेटले घरलाई पानीले पुर्याउने क्षतिबाट बचाउनका साथै पिलर, बीम, स्ल्याब र स्टिललाई खिया आदिबाट जोगाइ निर्माणलाई मजबुत र दीगोपन प्रदान गर्ने कम्पनीले जानकारी दिएकाे छ । विज्ञहरूले उत्पादनका आवश्यकता र औचित्यताका विषयमा सम्बन्धितआ-आफ्नो धारणा राखेका थिए । बजारमा आएका विभिन्न उत्पादन मध्य वेदर प्रो प्लस २५० लाई घर निर्माणको समय ढलान मसलामा मिसाइ प्रयोग गर्न सकिन्छ भने ब्रिज सेफक्रेटलाई भने नयाँ र पुराना घरमा फुटेको, चर्केको वा पानी चुहिएको ठाउँमा सिधै प्रयोग गर्न सकिने कम्पनीले बताएको छ । वृज एडिटिभ्सले एडमिक्सर सोलुसन्स अन्तर्गत सिल्कन फ्लोमिक्स पीसी ३५०, पीसी ५५० र अल्ट्रसेन १०० पनि बजारमा ल्याएको छ ।




