काठमाडाैं । वृज एडिटिभ्स् प्रा.लि. ले प्रायोजन गरेका सोेह्रौं राष्ट्रिय सिभिल इन्जिनियरिङ्ग प्रदर्शनी तथा प्रतियोगिता सम्पन्न भए को छ । “ दूरदृष्टिसहितको निर्माण, दिगो र सुदृढ नेपालका लागि युवा, नवप्रवर्तन र दिगोपनको समन्वय।” भन्ने नाराका साथ नेपाल इन्जिनियरिङ्ग क्याम्पस पुल्चोकको प्राङ्गणमा माघ २३ गतेबाट उक्त तीन दिने प्रदर्शनी शुरु भएको थियो ।
प्रतियोगितामा फोटोग्राफी, क्विज, ट्रेजर हन्ट, पप्सीकल ब्रिज कम्पिटिसन, पेपर प्रिजेन्टेसन, फ्लोट डिजाइन कम्पिटिसन, सर्भेइङ्ग च्यालेन्ज, मोडल कम्पिटिसन, सेक टेबल कम्पिटिसन,पोएट्री कम्पिटिसन, ओलमपियाड, अटोक्याड, इटयाबस, आइडियाथन,ह्याकाथन गरी १५ विधामा विद्यार्थीहरुबीच प्रतिस्पर्धा भएको थियो ।
उक्त प्रर्दशनीमा, नेपाल इन्जिनियर्स एशोसिएसनका सदस्य लगायत प्राध्यापक, इन्जिनियर र विद्यार्थीको उल्लेख्य सहभागिता थियो । प्रदर्शनी समापन अवसरमा प्रतियोगिताका विजेता र उपविजेतालाई वृज एडिटिभ्स्का सहायक महाप्रबन्धक रविन्द्र उपाध्याय र परियोजना प्रबन्धक प्रशान्त पोखरेल ट्रफी प्रदान गरेका थिए । यसले कम्पनीको इन्जिनियरिङ समुदायसँगको सहकार्य र प्राविधिक विकासप्रतिको प्रतिबद्धता स्पष्ट गर्दछ । सन् २०२२ मा स्थापना भएको बृज एडिटिभ्स प्रा.लि. केडिया अर्गनाइजेसनको निर्माण रसायन क्षेत्रतर्फको रणनीतिक पहल हो। कम्पनीले विशेषगरी कंक्रिट एडमिक्स्चर, टाइल एडहेसिभ तथा वाटरप्रूफिङ समाधानहरू मा केन्द्रित रही वृज एडिटिभ्स् ISO 9001: 2015 certified उद्योग हो र यसका उत्पादनहरु इटालियन प्रविधिद्धारा उत्पादित का उत्पादनहुन् ।
प्रदर्शनीमा बृज एडिटिभ्सले रेडी–मिक्स कंक्रिट , जलविद्युत आयोजना, पूर्वाधार तथा ठूला आवासीय–व्यावसायिक परियोजनाका लागि प्रयोग हुने उन्नत कंक्रिट एडमिक्स्चर समाधानहरू प्रस्तुत गरेको थियो।
तपाईंको प्रतिकृया




