२१ जेष्ठ २०८३, बिहीबार

सुनचाँदीको मूल्यमा बृद्धी

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य ११ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ११ सय रुपैयाँले बढेर एक तोला सुनको मूल्य ३ लाख ६ हजार ६ सय रुपैयाँ कायम भएको छ । मंगलबार ३ लाख ५ हजार ५०० रुपैयाँ कायम भएको थियो ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार चाँदी आज ५० रुपैयाँले बढेर ५ हजार २९० रुपैयाँमा कारोवार भैइरहेको छ । मंगलबार चाँदी प्रतितोला ५ हजार २४० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री