काठमाडाैं । गरिमा विकास बैंक लिमिटेड कोष प्रवर्द्धक (Fund Sponsor) तथा गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक (Fund Manager) रहेको सामूहिक लगानी कोष गरिमा म्युचुअल फण्ड (Garima Mutual Fund) अन्तर्गत विकास बैंकबाट प्रवर्द्धित पहिलो खुलामुखी योजना (First Open-Ended Scheme) का रूपमा रु. १ अर्ब बराबरको “गरिमा सुवर्ण योजना” सार्वजनिक रूपमा निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट माघ २१ गते स्वीकृति प्राप्त भएको छ ।
नेपाल धितोपत्र बोर्डको स्वीकृतिपश्चात छिट्टै सार्वजनिक निष्कासन गरिने उक्त योजनासम्बन्धी संक्षिप्त विवरण यस प्रकार रहेको छः
योजनाको विवरण
-
योजनाको नाम: गरिमा सुवर्ण योजना (Garima Subarna Yojana)
-
योजनाको प्रकार: खुलामुखी (Open-Ended)
-
योजनाको आकार: रु. १,००,००,००,००० (एक अर्ब रुपैयाँ)
-
प्रारम्भिक निष्कासन इकाइ संख्या: बीज पुँजी सहित ५,००,००,००० (५ करोड इकाइ)
-
प्रति इकाइ मूल्य: रु. १०
-
न्यूनतम बिक्री हुनुपर्ने इकाइ: ५०% अर्थात् २,५०,००,००० (२ करोड ५० लाख इकाइ)
-
न्यूनतम आवेदन: १०० इकाइ
-
अधिकतम आवेदन: ५०,००,००० (५० लाख इकाइ)
-
योजनाको अवधि: लागू नहुने (खुला तथा निरन्तर सञ्चालन हुने)
-
परिपक्वता अवधि: लागू नहुने
-
सूचीकृत तथा दोस्रो बजार कारोबार: इकाइहरू नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (NEPSE) मा सूचीकृत तथा कारोबार नहुने। योजना व्यवस्थापकद्वारा सञ्चालित अनलाइन खरिद–बिक्री प्रणालीमार्फत कारोबार गर्न सकिने व्यवस्था रहने।
सम्बन्धित निकायहरू
-
कोष प्रवर्द्धक: गरिमा विकास बैंक लिमिटेड, लाजिम्पाट, काठमाडौं
-
निष्कासन तथा बिक्री प्रबन्धक / योजना व्यवस्थापक / डिपोजिटरी: गरिमा क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाडौं
-
कोष सुपरीवेक्षकहरू:
-
शंकर प्रसाद कोइराला, काठमाडौं–९
-
बाबुराम रेग्मी, वालिङ–२, स्याङ्जा
-
रामजी रेग्मी, टोखा–११, काठमाडौं
-
जलेश्वर पाण्डे, मध्यपुर थिमी–१, भक्तपुर
-
अच्युत राज जोशी, काठमाडौं–९
-
गरिमा विकास बैंक लिमिटेडको सहायक कम्पनी गरिमा क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो। गरिमा क्यापिटलका सम्पूर्ण सेवाहरू ग्राहकसमक्ष प्रभावकारी रूपमा पुर्याउन गरिमा विकास बैंकका सबै शाखा कार्यालयहरूबाट समेत सहजीकरण हुँदै आएको छ। संस्थाले आफ्ना सेवाहरू अझ परिस्कृत तथा ग्राहकमैत्री बनाउँदै आधुनिक प्रविधिको प्रयोगमार्फत सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।




