माछापुच्छ्रे बैंकद्वारा बीमा रकम भुक्तानी

माछापुच्छ्रे बैंकले मृतक सुदिप कार्कीको परिवारलाई ५ लाख रुपैयाँ बीमा भुक्तानी गरेको छ । मृतक सुदिप कार्कीको बैंकमा तलब व्यवस्थापन बचत खाता रहि आएकोमा दुर्घटना बीमा सुविधा अन्तर्गत बैंकले निजको हकवालालाई सो रकम भुक्तानी गरेको हो । उक्त रकम बैंकका नायब प्रमुख कार्यकारी अधिकृत  सन्तोष कोइराला र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत बि. के. श्रेष्ठले संयुक्त रुपमा हस्तान्तरण गरे ।

मृतक सुदिप कार्कीको दुर्घटनामा मृत्यु भएको थियो । मृतकका परिवारले आफ्नो दुःखको घडीमा बैंकबाट सहजै उक्त हकदाबी रकम उपलब्ध गराएकोमा बैंकलाई आभार समेत प्रकट गरेका छन् । माछापुच्छ्रे बैंकका ग्राहकहरुले तलब व्यवस्थापन बचत खातामा ६.५% ब्याजदर पाउँदै आएका छन् । शून्य मौज्दातमै खोल्न सकिने तलब व्यवस्थापन बचत खातामा ग्राहकहरुले रु. ५ लाख सम्मको दुर्घटना बीमा सुविधा निःशुल्क पाउँदै आएका छन् ।
बैंकले पुर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ८८ वटा शाखाहरु, २ एक्सटेन्सन काउण्टर लगायत ५२ शाखा रहित बैकिङ्ग सेवा गरी जम्मा १४२ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बैंकको देशभर १११ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

एनसेलकी खड्कालाई ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड

काठमाडौँ । एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्का बेलायतको वुमन्स ट्याब्लोइडले प्रदान …

प्रतिकृया दिनुहॊस