काठमाडाै । नेपाली बजारमा सोमबार पनि सुनको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा १३ हजार ४ सय रुपैयाँले घटेर २ लाख ८६ हजार ६ सय रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन आइतबार छापावाल सुन तोलामा ३ लाख रुपैयाँ भएको थियो ।
सोमबार चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा ५ हजार ५ सय रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार घटेर ५ हजार २ सय रुपैयाँ कायम भएको महासंघको भनाइ छ । महासंघका अनुसार सोमबार प्रति १० ग्राम सुनको मूल्य २ लाख ४५ हजार ७१५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ४ हजार ४५८ रुपैयाँमा कारोबार भईरहेको छ ।
तपाईंको प्रतिकृया




