सुनको मूल्य २० हजार रुपैयाँले बढ्याे

काठमाडौं । आज  नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य २० हजार ५०० रुपैयाँले बढेर तोलामा तीन लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको हो । हो इतिहासकै उच्च मूल्य हो ।

महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा तीन लाख १८ हजार ८०० सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै ,चाँदीको मूल्य पनि तोलामा २०५ रुपैयाँले बढेर ७ हजार ५ सय ५ रुपैयाँमा कारोबार भैइरहेको छ । बुधबार ७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री