काठमाडाैं । सरस्वती माताको आराधना बिगतका बर्ष झैँ यो बर्षपनि बानेश्वरस्थित मोडर्न कन्या कलेजले सरस्वतीको पूजा आराधना गरेको छ। कलेज प्राङ्गणमा रहेको सरस्वतीको मन्दिरमा माल्यार्पण गरि आरम्भ गरिएको कार्यक्रममा साहित्यकार तथा शिक्षा बिद प्रा.डा.रामप्रसाद दाहालले ज्ञानको प्रकाश छर्ने र विद्वान बनाउने माता सरस्वतीको महिमा हाम्रो हिन्दु सस्कृतिमा अत्यन्त उच्च कोटिमा रहेको छ त्यसैले आजका दिन प्रत्येक सरस्वतीको मन्दिर कलेज बिद्यालयमा सरस्वती पूजा अर्चना र आराधना भइ रहेको उल्लेख गरे।
दाहालले सरस्वती माताको बर्णन गर्दै माता महासरस्वतीले हामी सबैमा बुद्धि र विवेक प्रदान गरुन भनेर आराधना गरिन्छ भनी जानकारी गराए । आज शुक्ल: पंचमी जसलाई श्रीपंचमी र वसन्त पंचमी पनि भनिन्छ । यस दिनमा विद्या, बुद्धि र विवेककी अधिष्ठात्री महासरस्वतीको विशेष पूजा, गरिन्छ । जो चमेलीको फूल, चन्द्रमा, बरफ र हारजस्तो श्वेतवर्णको हुनुहुन्छ र जसले शुभ्र वस्त्र पहिरनु भएको छ; जसको हात उत्तम विणाले सुशोभित छ र जो सेतो कमलको आसनमा वस्नु भएको छ; ब्रह्मा, विष्णु, महेश आदि देवता जसको संधै स्तुति गर्दछन् र जो सबै प्रकारको जडता समाप्त गर्नुहुन्छ अर्थात् बुद्धि, विवेक र ज्ञान प्रदान गर्नु हुन्छ, उनै भगवती श्रीसरस्वतीले मेरो रक्षा गरून्, पालन गरून् । जसको रूप श्वेतवर्णको छ, जो ब्रह्मविचारको परम तत्त्व हुनहुन्छ, जो सबै संसारमा फैलनु भएको छ, जो हातमा वीणा र पुस्तक लिई रहनुहुन्छ, अभय दिनुहुन्छ, मूर्खतारूपी अन्धकारलाई हटाई दिनुहुन्छ, हातमा स्फटिकमणिको माला लिई रहनुहुन्छ, कमलको आसनमा विराजमान हुनुहुन्छ र बुद्धि प्रदान गर्ने हुनुहुन्छ, माता महासरस्वतीले हामी सबैमा बुद्धि र विवेक प्रदान गरून् भन्ने अर्थमा बिशेष रूपमा सरस्वती महिमा गाइन्छ।
कार्यक्रममा प्रा.मुकुन्दराज दाहालले सरस्वती बन्दना पाठ गर्दै पूजा अर्चना गरे । यस्तै वरिष्ठ पत्रकार कल्पना शर्माले मो डर्न कन्या कलेजले प्रत्येक वर्ष यस किसिमको कार्यक्रम गरेर बिद्याकी देवी सरस्वतीको सम्झना गर्नु सकरात्मक भएको चर्चा गरिन् । यस्तै समाजसेवी सुनिता केसी, हरिकृष्ण दाहाल, दीपिका शाह , पृन्सिपल सबिन पोख्रेल, बिद्यालय संयोजक शक्ति दाहाल, गुरु पोख्रेल, विद्यार्थी प्रतिनिधि शर्मिला कार्की, कल्पना कटुवाल लगायतले सरस्वतीको महिमा बर्णन गरेका थिए । आज बसन्त पन्चमीको दिन भएकोले यो दिनको बिशेष महत्त्व रहेको बक्ताहरुले उल्लेख गरेका थिए । यस्तै कमल नेत्र छुनामुना बिद्यालयले पनि सरस्वती पूजा विभिन्न कार्यक्रम गरेर मनाएको छ । बालबालिकालाई अ क्षरारम्भ गर्ने शुभदिन पनि आजै भएको मान्यता अनुरुप नयाँ विद्यार्थी भर्ना पनि खुल्ला गरिएको छ।




