ट्रिप टर्बो र नबिल बैंकको साझेदारी nBank एपमार्फत यात्रा बुकिङ सुविधा

ललितपुर। नेपालको सबैभन्दा ठूलो ट्राभल मार्केटप्लेस ट्रिप टर्बोले देशका अग्रणी वाणिज्य बैंकहरूमध्ये एक नबिल बैंक लिमिटेडसँग साझेदारी गरेको छ। यस साझेदारीमार्फत नबिल बैंकको nBank मोबाइल एप प्रयोग गरी यात्रा बुकिङलाई अझ सहज र पहुँचयोग्य बनाइएको छ। उक्त सम्झौतामा नबिल बैंकका उप–प्रमुख कार्यकारी अधिकृत (DCEO) आदर्श बजगाईं र ट्रिप टर्बोका ग्रोथ एण्ड मार्केटिङ लिड बिमल राज पौडेलले हस्ताक्षर गरेका हुन्।

यस साझेदारीपछि नबिल बैंकका ग्राहकहरूले ट्रिप टर्बोले प्रदान गर्ने बस टिकट, आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान, र विभिन्न यात्रा गतिविधिहरू nBank एपमै बसेर बुक गर्न सक्नेछन्। यसले बैंकिङ र यात्रा सेवाहरूलाई एउटै डिजिटल प्लेटफर्ममा जोड्दै प्रयोगकर्तालाई सहज अनुभव प्रदान गर्दछ। प्रयोगकर्ताहरूले nBank एपको Home > More > Marketplace सेक्सनमार्फत ट्रिप टर्बो फेला पार्न सक्छन्। ट्रिप टर्बो चयन गरेपछि प्रयोगकर्ताहरू ट्रिप टर्बोको बुकिङ प्लेटफर्ममा रिडाइरेक्ट हुन्छन्, जहाँ उनीहरूले सजिलै यात्रा सेवा खोज्न, छनोट गर्न र बुक गर्न सक्छन्। भुक्तानी भने सुरक्षित रूपमा nBank मार्फत सम्पन्न गर्न सकिन्छ।

यस एकीकरणले ग्राहकहरूलाई विश्वासिलो बैंकिङ इकोसिस्टमभित्रै यात्रा सेवा बुक र भुक्तानी गर्न सक्षम बनाउँछ, जसले धेरै एपहरू परिवर्तन गर्नुपर्ने झन्झट हटाई समग्र सुविधामा वृद्धि गर्दछ। “ट्रिप टर्बोमा हाम्रो लक्ष्य प्रविधिमार्फत यात्रालाई सरल बनाउनु हो। नबिल बैंकसँगको साझेदारीले nBank एपमार्फतै यात्रा योजना बनाउन र बुक गर्न सुरक्षित र सहज माध्यम प्रदान गर्दै हाम्रो दृष्टिकोणलाई अझ विस्तार गरेको छ,” ट्रिप टर्बोका संस्थापक शिखर प्रसाईले भने।

नबिल बैंकका DCEO आदर्श बजगाईंले भने, “हामी nBank एपको मार्केटप्लेसमा अर्को साझेदार थप्न पाउँदा खुसी छौँ। यो साझेदारीले हाम्रा ग्राहकहरूलाई nBank एपमार्फतै आफ्ना यात्राहरू योजना बनाउन अझ सजिलो बनाउने विश्वास लिएका छौँ।” बैंकले nBank लाई ग्रहाकका  आवश्यकताका लागि एकीकृत प्लेटफर्मको रूपमा विस्तार गर्दै लगिरहेको उल्लेख गर्दै उनले थपे, “यस साझेदारीले ग्राहकहरूलाई एपभित्रै यात्रा बुक र भुक्तानी गर्न सुविधा प्रदान गर्दछ।” यो एकीकरण हाल सबै nBank प्रयोगकर्ताका लागि लाइभ भइसकेको छ। अब ग्राहकहरूले ट्रिप टर्बोका सम्पूर्ण यात्रा सेवाहरू nBank मोबाइल एपमार्फत सजिलै खोज्न, बुक गर्न र भुक्तानी गर्न सक्नेछन्, जसले यात्रा योजना बनाउने प्रक्रियालाई अझ सरल र सुविधाजनक बनाएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री