काठमाडाैं । आज बुधबार प्रभु बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा विभिन्न निर्णयहरु पारित गर्दै विधिवत् रुपमा सम्पन्न भएको छ । बैंकको सञ्चालक समितिका अध्यक्ष किशोरजङ्ग कार्कीको अध्यक्षतामा बबरमहलस्थित प्रधान कार्र्यालयमा बसेको बैंकको २४औं वार्षिक साधारण सभाले सञ्चालक समितिको प्रतिवेदन सहित गत आ.व. ०८१ \०८२ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु पारित गरेको छ ।
बैंकको २४औं वार्षिक साधारण सभाले बैंकको सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेडको र प्रभु स्टक मार्केट लि. को गत आ.व. २०८१ \०८२ को एकीकृत वित्तीय विवरण पनि पारित गरेको छ । वार्षिक साधारण सभामा छलफल तथा निर्णयार्थ प्रस्तुत सबै प्रस्तावहरु सर्वसम्मत्बाट पारित भएका छन् ।
तपाईंको प्रतिकृया




