हिमालयन बैंक लिमिटेडको तेतीसौं वार्षिक साधारण सभा

काठमाडाैं । हिमालयन बैंक लिमिटेडको तेतीसौं वार्षिक साधारण सभा आज   सम्पन्न भएको छ । बैंक संचालक समितिका अध्यक्ष श्री प्रचण्ड बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त साधारण सभाले बैक तथा बैकका सहायक कम्पनीहरु सहितको एकिकृत वित्तीय विवरण पारित गरेको छ ।

सभामा संचालक समितिको तर्फबाट अध्यक्ष  प्रचण्ड बहादुर श्रेष्ठले आर्थिक वर्ष २०८१\०८२ को प्रतिवेदन प्रस्तुत गरेका थिए । बंैकको साधारण सभाले कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८२\०८३ का लागि वर्तमान लेखापरीक्षक CA Ranjeev & Associates लाई पुनः नियुक्त गरेको छ । यसैगरी नियामक निकायको निर्देशन बमोजिम बैंकको पूँजी संरचनाको अनुपातमा सञ्चालक समितिको संरचनालाई परिमार्जन गर्न आवश्यक कार्य गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री