नेपाल–इटाली चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिज को १२औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । नेपाल–इटाली चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिज (NICCI) ले काठमाडौमा आफ्नो १२औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ । यस सभामार्फत नेपाल र इटालीबीच द्विपक्षीय व्यापार, लगानी, पर्यटन तथा व्यवसायिक सहकार्य सुदृढ गर्ने आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरिएको छ ।

सभामा माननीय संरक्षक  राजेश काजी श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित थिए । NICCI का अध्यक्ष  संजय अग्रवालले नेतृत्व टोली तथा सदस्यहरूसँगै नेपालका विकास कार्य र सांस्कृतिक सम्पदा संरक्षणमा इटालीले निरन्तर पुर्याउँदै आएको सहयोगको महत्व उल्लेख गरेका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री