काठमाडाैं। महालक्ष्मी विकास बैंक लिमिटेडको हालै सम्पन्न २४औँ वार्षिक साधारण सभाबाट नवनिर्वाचित सञ्चालक समितिबाट अध्यक्ष पदमा चयन भएका राजेश उपाध्याय ले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ बमोजिम पुस २३ गते नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र समक्ष उनले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । उक्त शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक तथा वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशकलगायत अन्य पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो।
यसैबीच, पुस २१ गते सम्पन्न बैंकको वार्षिक साधारण सभाबाट सञ्चालक समितिले प्रस्ताव गरेअनुसार १०.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव समेत अनुमोदन भएको छ।
तपाईंको प्रतिकृया




