सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा शैक्षिक सामग्री वितरण

काठमाडाैं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलस्थित श्री सन्जीवनी माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिसम्बन्धी अपाङ्गता भएका विद्यार्थीहरूलाई ब्रेल शैक्षिक सामग्री वितरण गरेको छ।

उक्त ब्रेल शैक्षिक सामग्रीहरू सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सका क्षेत्रीय प्रबन्धक बलराम खत्री तथा एरिया म्यानेजर सनी खाछें श्रेष्ठको उपस्थितिमा विद्यालय व्यवस्थापनलाई हस्तान्तरण गरिएको हो। हाल सो विद्यालयमा २८ जना विद्यार्थीहरू अध्ययनरत रहेका छन्। ब्रेल शैक्षिक सामग्रीले नेत्रहीन विद्यार्थीहरूलाई स्वतन्त्र रूपमा पढ्न र सिक्न सहयोग पुर्‍याउनुका साथै समान शैक्षिक अवसर सुनिश्चित गर्न मद्दत गर्दछ। यसले समावेशी शिक्षालाई प्रवर्द्धन गर्दै भविष्यमा उच्च शिक्षा तथा रोजगारीका अवसरहरूमा पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्दछ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले आगामी दिनहरूमा पनि शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता तथा विपद् व्यवस्थापनजस्ता क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै समाजप्रतिको उत्तरदायित्वलाई आत्मसात गर्ने योजना रहेको जनाएको छ। यस्ता पहलमार्फत कम्पनीले नाफामुखी व्यवसायसँगै सामाजिक हितलाई पनि समान रूपमा अघि बढाउने विश्वास लिएको छ। साथै, सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई भविष्यमा अझ प्रभावकारी र समुदायमैत्री बनाउँदै लैजाने प्रतिबद्धता कम्पनीले व्यक्त गरेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री