काठमाडाै। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले काठमाडौंस्थित वेभ हस्पिटालिटीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सीओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ। आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बीमाशुल्क संकलन गरी बागमती प्रदेशबाट योग्य हुन सफल ५०० भन्दा बढी अभिकर्ता सहित विभागीय प्रमुखहरू, प्रदेश प्रमुख तथा बागमती प्रदेश अन्तर्गतका शाखा कार्यालयका शाखा प्रमुखहरूको उपस्थितिमा कम्पनीले सीओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरूलाई सम्मान गरेको हो।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले पानसमा दीप प्रज्वलन गरी सम्मान कार्यक्रमको शुभारम्भ गरेका थिए। सो अवसरमा बागमती प्रदेशबाट सीओ क्लबका सदस्य हुन सफल अभिकर्ताहरूलाई सीओ क्लब सदस्यता प्रदान गर्दै सम्मान गरिएको थियो।
त्यसैगरी, नेशनल रत्न तथा नेशनल स्टार विजेता अभिकर्ताहरूलाई नेशनल लाइफको लोगो अंकित चाँदीको मेडल, प्रमाणपत्र तथा खादाले सम्मान गरिएको थियो। साथै, प्रदेशस्तरमा आफ्ना कोड र संजालभित्र प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल उत्कृष्ट अभिकर्ताहरूलाई विशेष सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत खत्रीले देशभरबाट १,६०० भन्दा बढी अभिकर्ता छनोट हुनुले यो योजना अत्यन्त सफल भएको बताए । यस्ता योजनाले अभिकर्ताहरूमा सकारात्मक प्रभाव पार्ने भएकाले मासिक तथा वार्षिक योजनाहरूलाई निरन्तरता दिइने उनले स्पष्ट पारे। उनले बीमा अभिकर्ता पेशा केवल व्यवसायसँग मात्र नभई सेवाभावसँग जोडिएको एक पवित्र पेशा भएको उल्लेख गर्दै, यस पेशामा सफलता हासिल गर्न इमान्दारिता, निरन्तरता र कामप्रतिको निष्ठा नै मुख्य आधार भएको बताउनुभयो।
सो अवसरमा उपस्थित विजेता अभिकर्ताहरूलाई चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षक श्विजय कुमार झाले मोटिभेसनल प्रशिक्षण प्रदान गरेका थिए ।
बागमती प्रदेशबाट उत्कृष्ट अभिकर्तामध्ये कलंकी शाखाका नारायण सुवेदी र नारायणथान शाखाकी रविना के.सी. ले आफ्नो व्यावसायिक अनुभव साझा गर्नुभएको थियो। कार्यक्रममा सहभागी विजेता अभिकर्ताहरूले अन्तर्राष्ट्रिय प्रशिक्षकबाट प्रशिक्षण प्राप्त गर्न पाउँदा थप ऊर्जा प्राप्त भएको र आफ्ना मेहनतको कदर गर्दै प्रमुख कार्यकारी अधिकृतबाट सम्मान पाउँदा अत्यन्त गर्व महसुस भएको प्रतिक्रिया व्यक्त गरेका थिए।




