नवनियुक्त परराष्ट्र मन्त्रीले गरे शपथ ग्रहण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा नवनियुक्त परराष्ट्र मन्त्री बालानन्द शर्मालाई पद तथा गोपनियताको शपथ ग्रहण गराइएकाे छ।  राष्ट्रपति कार्यालयमा आज आयोजित शपथ समारोहमा शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री कार्की, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, प्रधान न्यायाधीश प्रकाशमानसिंह राउतसहित सरकारका उच्च पदस्थ कर्मचारी, सुरक्षाकर्मीसँगै संवैधानिक अंगका प्रमुख र उच्चपदस्थ कर्मचारीको सहभागिता थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप