प्रचण्ड र माधवकुमार पुगे खनालकी पत्नीको स्वास्थ्य बारे जानकारी लिन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले जेनजी आन्दोलनका क्रममा आगजनीमा घाइते भएकी नेता झलनाथ खनालकी धर्मपत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी लिन डल्लु पुगेका छन्  ।

खनालकी धर्मपत्नीलाई बुधबार बिहान  भेटर उनीहरुले स्वास्थ्यलाभको कामना समेत गरेका छन् । गत साता भारतबाट उपचार सकेर फर्किएकी चित्रकारलाई भेट्न संयोजक र सहसंयोजक कमरेड डल्लुस्थित निवासमा पुगेका थिए। चित्रकारको स्वास्थ्य अवस्था अहिले खतरामुक्त रहेको छ र थप सुधारका लागि उपचारको क्रममा रहेको जानकारी नेता खनालले जानकारी दिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री