सांग्रिला डेभलपमेन्ट बैंकको साधारणसभा सम्पन्न

काठमाडाै । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको २१औँ वार्षिक साधारण सभा सोमबार काठमाडौँमा सफलतापूर्वक सम्पन्न भएको छ। सभाले बैंकको आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण पारित गर्नुका साथै शेयरधनीलाई वितरण गरिने लाभांश प्रस्ताव स्वीकृत गरेको छ।

साधारणसभाबाट बैंकको हालको चुक्ता पूँजी ३ अर्ब रुपैयाँ ५५ करोड ६२ लाख ५५ हजार ७१९ रुपैयाँ ५५ पैसाको ५.३५८३ प्रतिशत अर्थात् १९ करोड ५ लाख ५३ हजार ६२६ रुपैयाँ ३० पैसा बराबरको नगद लाभांश (करसहित) तथा ५ प्रतिशत अर्थात् रुपैयाँ १७ करोड ७८ लाख १२ हजार ७८५ रुपैयाँ ९८ पैसा बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरिएको छ। यसअनुसार कुल १०.३५८३ प्रतिशत लाभांश वितरण हुने भएको छ।

लाभांश वितरणपछि बैंकको चुक्ता पूँजी ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार ५०५ रुपैयाँ ५३ पैसामा पुग्नेछ। सभाले लेखा परीक्षकको नियुक्ति, प्रवन्धपत्र संशोधन, मर्जर तथा प्राप्तिसम्बन्धी आवश्यक अख्तियारी प्रदान गर्ने लगायतका महत्वपूर्ण प्रस्तावहरू पनि अनुमोदन गरेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री