नवनिर्वाचित मधेश प्रदेशका सभामुख यादवद्वारा पदभार ग्रहण

जनकपुर । मधेश प्रदेशका नवनिर्वाचित सभामुख रामअशिष यादवले पदभार ग्रहण गरेका छन् । सभामुख यादवले सोमबार विहान मधेश प्रदेश सभामा रहेको सभामुखको कार्यकक्षमा पदभार ग्रहण गरेका हुन्  ।

सञ्चारकर्मीहरुसंग कुरा गर्दै सभामुख यादवले प्रदेश सभाबाट हुने कामकाजलाई चुस्त दुरुस्त र कानुन सम्मत बनाएर अघि बढ्ने जानकारी दिए । उनले लोकतान्त्रिक मूल्य र मान्यता अनुसार प्रदेश सभालाई प्रभावकारी, उत्तरदायी र मर्यादित रुपमा सञ्चालन गर्ने प्रतिबद्धता प्रकट गरे ।

विगतमा भएजस्तो नातावाद र दलतन्त्र हावी हुने कुनै कार्य आफू बाट नहुनेमा सभामुख यादवले ढुक्क हुन आग्रह गरे । उनले विभिन्न बाधा र अडचनका कारण कार्यान्वयन नहुन सकेको भाषालगायतका कानुनहरु अगाडि बढाउन सम्पूर्ण दलहरुसंग सहकार्य र छलफल गर्ने बताए ।

उनले मधेश प्रदेश सभामा भएका सम्पूर्ण दल र सांसद एक बराबर मानेर बैठकको काम काज अगाडि बढाउने उल्लेख गरे । सभामुख यादवलाई  मधेश प्रदेश सभाका सम्पूर्ण कर्मचारी एवम् पदाधिकारीहरुद्वारा भव्य स्वागत गरिएकाे  थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री