७ श्रावण २०८३, बिहीबार

नेकपा एमाले एउटा अजम्बरी र सशक्त पार्टी हो : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको अत्यन्तै असहज अवस्थामा पार्टीले राष्ट्रियता, लोकतन्त्र, शान्ति–सुव्यवस्था, सुशासन र विकासको झण्डा उठाएर आन्दोलन गरेको उल्लेख गरेका  छन् । बिहीबार साँझ ११औँ महाधिवेशनको समापन समारोलाई सम्बोधन गर्दै उनले असंवैधानिक ढंगले विघटन गरिएको प्रतिनिधिसभा पुनःस्थापनाको मागसहित एमाले देशव्यापी आन्दोलनमा उत्रिएको बताएका छन् । ओलीले संविधान मिचिएको अवस्थामा त्यसलाई सही बाटोमा फर्काउने, राष्ट्रिय सार्वभौमिकता, स्वाभिमान र देशको हितमा आँच आउन नदिने उद्घोषका साथ आन्दोलन अघि बढाइएको बताए ।

उनले भने, ‘देशको अत्यन्तै असहज अवस्थामा नेकपा एमाले राजनीतिकमा फेरी राष्ट्रियताको झण्डा उठाएर, लोकतन्त्रको झण्डा उठाएर, शान्ती सुव्यवस्था, सुशाषन र विकासको झण्डा उठाएर फेरी संविधानलाई जो मिचिएको छ मिचिएको संविधानलाई फेरी सहि बाटोमा फर्काउने विघटन गरिएको असंवैधानिक ढङगले विघटन गरिएको प्रतिनिधि सभाको अभिलम्भ पूर्नस्थापनाको मागलाई लिएर यो देश राष्ट्रिय सार्वभौमिक सत्ता, यसको स्वाभिमान र देशको हितलाई तलमाथि पर्न दिने छैन भन्ने उद्घोषका साथ प्रदेश सभाको पूर्नस्थापनाको माग लिएर देश व्यापीरुपमा आन्दोलनमा उत्रियौं।’

त्यही आन्दोलनकै बीचमा ११औँ महाधिवेशन आयोजना गरिएको उल्लेख गर्दै अध्यक्ष ओलीले यो महाधिवेशन ‘पुराना पार्टीहरू समाप्त भए’ भन्ने भाष्यको सशक्त जवाफ भएको जानकारी दिए । उनका अनुसार यो नेकपा एमाले एउटा अजम्बरी र सशक्त पार्टी हो भन्ने जवाफ  हो  ।

तपाईंको प्रतिकृया

लेखकबाट थप