२१ जेष्ठ २०८३, बिहीबार

एमाले अध्यक्षमा केपी शर्मा ओली काे तेस्रो विजय

काठमाडौं । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली पुन तेस्रो पटक विजयी भएका छन् ।  भृकुटीमण्डपमा भएको पार्टीको ११औँ महाधिवेशनमा ईश्वर पोखरेललाई १०९९ मतले पराजित गर्दै तेस्रोपटक पार्टीको अध्यक्षमा ओली विजयी भएका हुन् । अध्यक्ष पदमा ओलीले १६६३ मत प्राप्त गर्दा पोखरेलले ५६४ मत प्राप्त गरेका थिए ।

नवौँ महाधिवेशनमा माधवकुमार नेपाललाई ५६ मतले पराजित गरेर ओली पहिलोपटक अध्यक्षमा निर्वाचित भएका थिए । त्यस्तै, दशौँ महाधिवेशनमा भीम रावललाई पराजित गरेर उनी दोस्रोपटक अध्यक्षमा निर्वाचित भएका थिए ।
११औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि काठमाडौंको भृकुटीमण्डपमा भएको निर्वाचनमा २ हजार २६३ प्रतिनिधिसभा थिए, जसमा २ हजार २२७ प्रतिनिधिले मतदान गरेका थिए ।


तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री