आज हिमाली भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । जसका कारण हाल देशभर मौसम मुख्यतया सफा रहने छ ।

महाशाखाका अनुसार आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । यस्तै महाशाखाका अनुसार आज राती पनि देशभरको मौसम मुख्यतया सफा रहने छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री