२१ जेष्ठ २०८३, बिहीबार

एमाले फुटोस् भन्नेहरुको सपना कहिले पुरा हुँदैन : महेश बर्तौला

काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले नेकपा एमाले मुलुकको स्वाधीनता, लोकतन्त्र र संविधानको पक्षमा दृढताका साथ अघि बढिरहेको बताएका छन् ।
बुधबार एमाले महाधिवेशन स्थल भृकुटीमण्डपबाट उनले केही प्रतिवादीहरूले एमालेजस्तो राजनीतिक शक्ति कमजोर बनोस् भन्ने चाहना राखे पनि पार्टी देशहित, स्वाधीनता, सार्वभौमिकता, राष्ट्रको स्वतन्त्रता र भौगोलिक अखण्डताको पक्षमा अविचलित रूपमा अघि बढिरहेको जानकारी दिए । जतिसुकै एक्ल्याउने प्रयास भए पनि र जति नै आक्रमणको निशानामा पारिए पनि एमाले आफ्नो मूल मार्गबाट विचलित नहुने उनले स्पष्ट गरे । एमाले फुटोस् र त्यही आधारमा नयाँ पार्टी निर्माण गरिन्छ भन्नेहरूका सपना कहिल्यै पूरा नहुने बर्तौलाको दाबी छ ।

एमालेले आन्तरिक लोकतान्त्रिक प्रक्रिया आरम्भ गर्नेबित्तिकै प्रतिस्पर्धाको प्रक्रिया सुरु हुने र त्यसलाई पार्टी फुट्ने संकेतका रूपमा बुझ्नेहरू निराश हुने उनले बताए । बर्तौलाका अनुसार आन्तरिक प्रतिस्पर्धा एमालेको नियमित र स्वाभाविक राजनीतिक प्रक्रिया हो। ‘एमाले फुटोस्, एमालेबाट मानिस आइदियोस् त्यस आधारबाट पार्टी बनाउँछु भन्नेहरुको सपना कहिले पुरा हुँदैन । एमालेले आन्तरिक लोकत्रन्त्रको प्रक्रिया आरम्भ गर्ने बित्तिकै र प्रतिस्पर्धाको प्रक्रिया आरम्भ हुने बित्तिकै अब पार्टी फुट्छ भन्नेहरु निराश हुनेछन् ,’ उनले भने ।

जनताको बहुदलीय जनवादको कार्यनीति अवलम्बन गर्दै प्रतिस्पर्धामार्फत उत्तम नेतृत्व चयन गर्ने एमालेको अभ्यास पुरानै रहेको उनले बताए । ‘नेकपा एमाले जनवादको कार्यनीतिलाई स्विकार गरेर प्रतिस्पर्धाको बाटो श्रेष्ठ आसन गर्ने पार्टी भएकाले यो नियमित र सामान्य राजनीतिक प्रक्रियाहरु हो ।,’ उनका अनुसार, निर्वाचन भनेको जसले जित्छ उसले नेतृत्व गर्नेछ,  पराजित हुनेहरुलाई पनि साथमा लिएर सबैलाई एकतावद्ध ढङगबाट अगाडी बढ्ने कुरा पार्टीको नियमित प्रक्रिया हो ।

अर्का नेता महेश बस्नेतले पार्टीभित्रको लोकतान्त्रिक प्रक्रियाअन्तर्गत भएको चुनावमा विजयी भएका सदस्यहरूले सम्बन्धित जिम्मेवारी सम्हाल्ने व्यवस्था गरिएको उल्लेख गरे । पराजित भएका सदस्यहरूलाई पनि पार्टीभित्र कुनै आग्रह बिना, क्षमताअनुसार जिम्मेवारी दिई समावेश गरिने उनले बताए । बस्नेतले भने, ‘चुनाव भनेको लोकतान्त्रिक प्रक्रिया हो जित्ने साथिहरुले सम्मन्धित जिम्मेवारीमा काम गर्नुहुन्छ र जो साथिहरु पराजित हुनुहुन्छ उहाँहरु पार्टीका कहि न कही जिम्मेवार बनाएर लान्छौ ।’ उनका अनुसार पार्टीमा साधारण सदस्यता र संगठनात्मक सदस्यता गरि दुई प्रकार छन् भने संगठनात्मक सदस्यता लिएका सदस्यहरू संगठनसँग कुनै न कुनै रूपमा आबद्ध हुने गर्छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री