सिन्धुली । क्यान महासंघ जिल्ला शाखा सिन्धुलीको आयोजनामा, कमलामाई नगरपालिका र श्रेष्ठ कम्प्यूटर ट्रेडर्स सिन्धुलिको सहकार्यमा “साइबर सुरक्षा क्षमता विकास तथा स्मार्ट बोर्ड ज्ञान साझेदारी कार्यक्रम” भव्यरूपमा सम्पन्न भएको छ। नेपाली संस्थाहरूमा डाटा संरक्षणका अभ्यासहरूलाई सुदृढ पार्ने उद्देश्यका साथ आयोजित यस कार्यक्रमको अध्यक्षता क्यान महासंघ जिल्ला शाखा सिन्धुलीका अध्यक्ष प्रेमनाथ मैनालीले गरेका थिए भने क्यान महासंघ केन्द्रिय वरिष्ठ उपाध्यक्ष चिरन्जिवी अधिकारी प्रमुख अतिथिको रूपमा उपस्थित थिए।
साइबर अपराधमाथि गहिरो प्रस्तुति कार्यक्रमका मुख्य वक्ता तथा वन कभर प्राइभेट लिमिटेडका सीईओ चिरन्जिवी अधिकारीले नेपालमा बढ्दो साइबर सुरक्षा जोखिमका विषयमा गहन प्रस्तुति दिएका थिए । बढ्दो खतरा: उनीले नेपालमा भएका विभिन्न साइबर अपराधका घटनाहरूलाई उजागर गर्दै साइबर अपराधीहरूले प्रयोग गर्ने रणनीतिबारे जानकारी दिनुभयो। उहाँले व्यवसाय र सार्वजनिक संस्थाहरूमा साइबर अपराधको नकारात्मक असरका वास्तविक उदाहरणहरू प्रस्तुत गर्दै व्यक्ति, संस्था तथा सरकारी प्रणालीहरूको सुरक्षाका लागि तत्काल सक्रिय उपायहरू अपनाउनुपर्ने आवश्यकतामा जोड दिए । सचेतना नै सुरक्षा: अधिकारीले साइबर खतराबाट नेपाललाई सुरक्षित गर्न जनतालाई शिक्षित गर्ने र सचेतना बढाउने कार्य सबैभन्दा प्रभावकारी उपाय रहेको बताए।




