कालिकोटबाट काँग्रेसले गर्यो १२ जनाको नाम सिफारिस

सुर्खेत । नेपाली कांग्रेस कालिकोटले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १२ जना उम्मेद्वार सिफारिस गरेको वताएकाे छ । प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ पाँचजना, समानुपातिकतर्फ पाँचजना र राष्ट्रिय सभाका लागि दुई जनाको नाम उम्मेद्वारका लागि सिफारिस गरेको नेपाली काँग्रेस कालिकोटले जानकारी दिएकाे छ ।

मंसिर २४ गतेदेखि सुरु भएको काँग्रेस कालिकोटको बैठकले शनिबार उम्मेद्वार सिफारिस टुङ्गो लगाएको वताएकाे छ । काँग्रेस कालिकोटले गरेको उम्मेद्वार सिफारिस अनुसार प्रत्यक्षतर्फ पार्टी पूर्वसभापति हर्षबहादुर वम, महासमिति सदस्य नारायणप्रसाद भट्टराई, डिएलएका केन्द्रीय सदस्य दमनराज वम, केशरजंग वम र विद्यार्थी नेता जीवन सुवेदीलाई सिफारिस गरेको हो । प्रतिनिधिसभा समानुपातिकतर्फ पूर्वपार्टी सभापतिद्धय कालीबहादुर सहकारी र मुक्तिप्रसाद न्यौपाने, महिला संघका केन्द्रीय सदस्य भावना शाही र छायाँ सुनार तथा भरत बि.कलाई सिफारिस गरेको छ । राष्ट्रियसभा निर्वाचनका लागि बिष्णुबहादुर शाही र दानबहादुर वमलाई सर्वसम्मत सिफारिस गरिएको उपसभापति मीनबहादुर बोगटीले बताए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री