काठमाडौँ । नेपाल हाइड्रो डेभलोपर लिमिटेडले १९औँ वार्षिक साधारणसभा आगामी पुस २३ गते आयोजना गर्ने वताएकाे छ। कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार साधारणसभा काठमाडौँको भाटभटेनीस्थित अम्रपाली बैंक्वेटमा बिहान ११ बजे बस्नेछ। साधारणसभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरण (वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण) माथि छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ। साथै सोही आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने एजेन्डा पनि सभामा समावेश गरिएको छ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको ९ प्रतिशतले हुन आउने बोनस सेयर दिने जानकारी दिएकाे छ । ०.४७ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने प्रस्ताव साधारणसभामा पेश गर्ने जनाएको छ। त्यसैगरी सञ्चालक समितिबाट प्रस्तावित अन्य विशेष प्रस्तावहरूमा बोनस शेयर वितरण, पुँजी वृद्धि, आवश्यक संशोधन तथा नियामक निकायको निर्देशनअनुसार कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विषयहरू रहेका छन्। साधारणसभा प्रयोजनका लागि कम्पनीले पुस ७ गते एक दिनका लागि शेयर दाखिला खारेज (बुक क्लोज) गर्ने निर्णय गरेको वताएकाे छ।




