काठमाडौं । नेपाल बैंक र पाटन हेल्थ ल्याब प्रा.लि.बीच स्वास्थ्य सेवा शूल्कमा छुट प्रदान गर्नेगरी सम्झौता भएको छ ।
नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारी तथा बैंकमा खाता रहेका ग्राहकलाई ललितपुर थसिखेलमा रहेको पाटन हेल्थ ल्याबमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान हुनेछ ।
सम्झौतासँगै बैंकमा कार्यरत कर्मचारीहरू तथा बैंक खाता रहेका ग्राहकले प्याथोलोजि ल्यावको विविध सेवामा निःशुल्क होम डेलिभरीको सुविधा सहित विभिन्न हेल्थ प्याकेजहरुमा लाग्ने शुल्कमा १० देखि ३० प्रतिशतसम्म छुट पाउनेछन् ।
सम्झौतापत्रमा बैंकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी र पाटन हेल्थ ल्याब प्रा.लिको तर्फबाट प्रबन्ध निर्देशक सरिता खड्काले सोमबार हस्ताक्षर गरेका छन् ।
तपाईंको प्रतिकृया




