जनकपुरविरुद्ध चितवन राइनोजले छक्का प्रहार गर्दा बलले लागेर चियरलिडर घाइते

काठमाडाै । नेपाल प्रिमियर लिग (एनपीएल) को आजको म्याचका क्रममा एक चियरलिडर घाइते भएकी छन् । चितवन राइनोजका ब्याट्सम्यान कुशल मल्लले प्रहार गरेको छक्काको बलले लागेर उनी घाइते भएकी हुन् ।

कुशलले जनकपुरविरूद्धको खेलेको अन्तिम ओभरको तेस्रो र चौथो बलमा लगातार छक्का हानेका हुन् । सोही बेलामा चियरलिडरको नाकमा लागेको हो । बलले लागेर नाकबाट रगत बग्न थालेपछि तत्काल स्ट्रेचरमार्फत मैदानबाट बाहिर निकालिएको थियो । घाइते युवतीलाई प्राथमिक उपचारपछि अस्पताल लगिएको आयोजकले वताएकाे छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप