चक्रवातका कारण दक्षिण-पुर्वी एसियाका देशहरु डुबानमा

गिनीज बुढा

करिब एक हप्तादेखि दक्षिण पुर्वी एसियामा आएको दुई शक्तिशाली आँधिका कारण इन्डोनेशिया, श्रीलंका, थाइल्यान्ड,मलेसिया र दक्षिण भारत प्रभावित भएका छन् । सेन्यार र डिट्वाह नामक दुई शक्तिशाली आँधिहरु मनसुनसंग मिसिएर अत्याधिक वर्षा र पहिरो ल्याएका छन् । भारी वर्षाका कारण बाढीपहिरोबाट एसियामा ९०० भन्दा धेरैको ज्यान गएको छ भने धेरै संख्यामा मानिसहरु लापता छन् । धेरै स्थानमा घर,पुल,सडक नाश भएका कारण मानिसहरु फसेका छन् ।

सेन्यार र डिट्वाह संगै अर्को टाइफुन ‘कोटो’ पनि सक्रिय भएका कारण झन् बढि वर्षात बढिहेको छ । सेन्यार चक्रवात मलाक्का स्ट्रेट नामक साँघुरो जलमार्ग बाट सुरु भएको हो । यो स्थानमा चक्रवात बन्नु अत्यन्त दुर्लभ हो । डिट्वाह चक्रावात भने श्रीलंका नजिक पर्ने हिन्द महासागरमा सुरु भएको हो । कोटो टाइफुन भने प्रशान्त महासागरमा बनेको हो । जसले वर्षात बढाउन सहयोग पुर्याएको छ ।

इन्डोनेसियामा २५-२६ नोभेम्बर बाट सुरु भएको वर्षा करिब ५-६ दिनसम्म जारी रह्यो । इन्डोनेसियाको मुख्यतः सुमत्रा टापु र वरिपरिको क्षेत्रहरुमा र मलाक्का स्ट्रेट नजिकको क्षेत्रहरूमा सेन्यार चक्रवातले ठूलो प्रभाव पारेको थियो । केही पश्चिमि टापु र तटीय शहरहरु पनि यसका कारण प्रभावित भएका थिए । बाढि पहिरोका कारण इन्डोनेसियामा करिब ४३५ जनाको मृत्युु भएको छ भने धेरै मात्रामा घरेलु र सार्वजनिक संरचना ध्वस्त भएका छन् । कृषि क्षेत्रमा पनि प्रभाव परेको छ। हाल उद्दारका लागि सेना र प्रहरी तैनाथ छन् । धेरै ठाँउमा सडक र पुल नष्ट भएका कारण उद्दार प्रक्रिया चुनौतीपूर्ण छ ।

थाइल्यान्ड का तटीय प्रान्तहरु, सुदुर दक्षिणी र दक्षिण पुर्वी प्रान्तहरु पनि सेन्यार चक्रवातका कारण भारी वर्षा र बाढिको चपेटमा परेका छन् । जहाँ कम्तीमा १६२ जनाको मृत्यु भएको छ भने घर र वस्तिहरु डुबानमा परेका छन् । सेन्यार चक्रवातका कारण पेनिन्सुला मलेसियाको तटीय क्षेत्रहरु प्रभावित भएका छन् । जहाँ २ जनाको मृत्यु भएको छ भने घर, पुल, सडक र कृषि क्षेत्र प्रभावित भएका छन् ।

श्रीलंकामा डिट्वाह चक्रावातका कारण देशभर, मुख्यत पहाडी र तटीय क्षेत्रमा प्रभाव परेको छ । त्यहा २५-२६ नोभेम्बर देखि लगातार ५-६ दिन वर्षाका कारण बाढी पहिरोले धेरै घर र वस्ती बाढिले डुबेका छन् भने कम्तिमा ३३४ जनाको मृत्यु भएको छ । श्रीलंकालाइ नेपालद्वारा मानविय सहायताको लागि २.८५ करोड सहयोग प्रदान गरिएको छ । दक्षिण भारतको तटीय राज्यहरू पनि डिट्वाह चक्रावातका कारण प्रभावित भएका छन् । वर्षातका कारण तमिलनाडु, केरला, कर्नाटक जस्ता क्षेत्रमा बाढी निम्त्याएको छ । जसका कारण घर, पुल, सडक तथा कृषि क्षेत्र क्षतिग्रस्त भएकाे अन्तराष्टिय संचार माध्यमहरुले जानकारी दिएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री