दक्षिणकाली : दुई मन्दिर एक मान्यता

दक्षिणकाली मन्दिर काठमाडौ उपत्यकाको दक्षिणकाली नगरपालिकामा अवस्थित छ । हिन्दु धर्मकी देवि कालिलाइ समर्पित यो मन्दिरकि माता दक्षिणकाली कालीको सबैभन्दा लोकप्रिय रुप हुन् । उनलाई कृपालु माताको रुपमा पुज्ने गरिन्छ ।

यस मन्दिरमा भक्तहरु दिनहुुँ आउछन् । यो नेपालकै लोकप्रिय मन्दिरहरु मध्यको एक हो । विभिन्न उद्देश्य जस्तै कुलपुजा, भाकल, तिर्थयात्रा र दर्शनका लागि यहाँ मानिसहरु आउने गर्छन् । दक्षिणकाली क्षेत्रमा दुईवटा कालीका मन्दिर छन् । जसलाई माता र छोरीका रुपमा पूजा गरिन्छ । परम्परागत मान्यता अनुसार मुख्य दक्षिणकाली मन्दिरलाई भक्तजनले “माता दक्षिणकाली” भनेर मुख्य शक्तिपिठका रुपमा मान्ने गर्छन् । फर्पिङपट्टि रहेको अर्को सानो काली मन्दिरलाई भने “छोरीको स्थान” वा छोटी काली भनेर सम्बोधन गरिन्छ ।

त्यहाँ रहेका पुजारी सुदीपका अनुसार, राजा प्रताप मल्लको पालामा यस मन्दिरको स्थापना भएको हो । पहिले-पहिले मन्दिर दर्शन गर्न आएका मध्ये सधै एकजना हराउने भएकाले तान्त्रिक विद्या जान्ने ‘लम्बकर्ण भट्ट’ द्वारा देबीको शक्तिलाई निस्तेज बनाइएको भन्ने किम्बदन्ती रहेको छ । भगवानको शिला शक्ति बढी भएका कारण शिलालाई घोप्टो बनाएर राखियो र बलीपुजा गरेर अर्को दुई वटा मुर्ती बनाइयो । एउटा मुर्ती हानुमान ढोकामा लगियो भने अर्को मुर्तीलाई “छोरीको स्थान” मन्दिरका रुपमा स्थापित गरियो । यसरी दक्षिणकालीमा दुई मन्दिर स्थापित भए । पुजारीका अनुसार, दुवै एउटै स्वरुप हुन् । कतिपयलाई थाहा नभएर वा वृद्धवृद्धाहरु माथी उकालाेमा ‘आमाको स्थानमा’ जान कठिनाइ हुने हुँदा ‘छोरीकाे स्थानमा’ धेरै दर्शनार्थीहरु जाने गर्छन् ।

दक्षिणकाली मन्दिरमा दैनिक रुपमा भक्तजनहरु आउने भएपनि शनिबार र मंगलबारमा भक्तजनको धेरै घुइँचो हुने गर्छ । मन्दिरमा बिहान पख हरेकदिन पुजा हुन्छ भने, नौरथाको समयमा पनि विशेष पुजा हुने गर्छ ।

दक्षिणकाली मन्दिरमा पशु बली दिने पनि परम्परा रहेको छ । त्यहाँका पुजारीका अनुसार स्वयं देबीले बली चढाउनु भनेको हाेइन तर देबीको गणहरुका लागि बली दिने गरिन्छ । दुवै मन्दिरमा भाकल गर्न वा वर्षमा एक पटक कुल पुजा गर्नका लागि बली दिने प्रचलन रहेको छ । मन्दिरमा भक्तजनहरुको नबनेको काम बन्ने, भाकल पुराहुने वा विशेष गरी बोल्न नसक्ने बालबच्चाहरु बोल्न सक्छन् भन्ने विश्वास रहेको छ ।

हाल त्यहाँको स्थानीय सरकारले मन्दिर संरक्षणमा केही भुमिका नखेलेको र मन्दिरकै चन्दा र भेटी द्वारा मन्दिरको संरक्षण गरिएको जानकारी त्यहाको पुजारीले दिएका छन् । टुटे फुटेको स्थान मर्मत गर्ने वा रंग रोगन गर्ने कार्य आफुहरुले नै गर्ने उनले बताए । त्यहाँको पुजारी बन्ने प्रथाभने पुस्तान्तरण हुने र अहिले ५औं पुस्ता भएको उनले स्पष्ट पारे । याे मन्दिर मातृशक्तीसँग सम्बन्धित छ । याे मन्दिरकाे भाकल गरेपछि पूरा हुने मुख्य विशेषता रहेकाे छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री