बैंक अफ काठमाण्डूको सीईओमा शोभनदेव पन्त नियुक्त

काठमाडौं । बैंक अफ काठमाण्डूको सीईओमा शोहनदेव पन्त नियुक्त भएका छन् । आगामी चार वर्षको लागि नियुक्ती पाएका छन् । उनी याे भन्दा पहिले लुम्बिनी बैंकमा सीईओ थिए । ५९ वर्षिय पन्त विगत ३३ वर्षदेखि निरन्तर बैंकिङ क्षेत्रमा कार्यरत छन् भने त्रिभुवन विश्वविद्यालयबाट एमबीएसम्मको औपचारिक शिक्षा हासिल गरेका पन्तले नविल, नेपाल बैंक, नेपाल बंगलादेश बैंक, लुम्बिनी बैंकमा काम गरेको अनुभव छ ।गएकाे आर्थिक वर्षमा बैंकले करिव १ अर्ब ३० करोड नाफा गरेको छ । बैंकको चुक्ता पुँजी ५ अर्ब ६२ करोड रुपैयाँ छ भने करिव ६० करोडको एफपीओ र बोनस सेयर निष्काशन गरी बैंकले ८ अर्ब चुक्ता पुँजी पुर्याउँदैछ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनीले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

काठमाडौं । सुर्यकुण्ड हाइड्रो इलेक्ट्रीक लिमिटेडले प्रति शेयर १०० रूपैयाँ अंकित दरको १३,७९,३५० कित्ता साधारण …

प्रतिकृया दिनुहॊस